सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

JW लाइब्रेरी

JW लाइब्रेरी प्रयोग गर्न थाल्नुहोस्‌एन्ड्रोइड

JW लाइब्रेरी प्रयोग गर्न थाल्नुहोस्‌एन्ड्रोइड

JW लाइब्रेरी-मा तपाईंहरूलाई स्वागत छ। यो एप बाइबल पढ्‌न र अध्ययन गर्नको लागि तयार पारिएको हो। नेभिगेसन ड्रयरमार्फत यस एपका विशेषताहरूबारे थाह पाउन सक्नुहुन्छ। स्क्रिनको बायाँबाट नेभिगेसन ड्रयर खोल्न सकिन्छ वा माथि बायाँपट्टि भएको मेनु बटन थिचेर पनि खोल्न सकिन्छ।

 बाइबल

बाइबल ट्याबबाट तपाईं बाइबल पढ्‌न सक्नुहुन्छ अनि बाइबलका अरू अनुवादहरू पनि इन्स्टल गर्न सक्नुहुन्छ। बाइबल पढ्‌नको लागि बाइबलको कुनै किताब छान्‍नुहोस्‌ अनि अध्याय थिच्नुहोस्‌। बाइबल पढ्‌नुहुँदा फुटनोट, मार्जिनल रेफरेन्स र विभिन्‍न बाइबल अनुवादहरू दायाँपट्टि हेर्न सक्नुहुन्छ।

अर्को बाइबल पद हेर्न नेभिगेसन ड्रयर खोल्नुहोस्‌ अनि बाइबल ट्याब थिच्नुहोस्‌ अनि फेरि बाइबलका किताबहरूको सूचीमा जानुहोस्‌।

 प्रकाशनहरू

प्रकाशनहरू ट्याबबाट प्रकाशनहरू पढ्‌न सकिन्छ अनि अडियो र भिडियो सामग्रीहरू सुन्‍न र हेर्न सकिन्छ। कुनै प्रकाशन छान्‍नुहोस्‌। त्यसपछि कुनै लेख छानेर पढ्‌न सक्नुहुन्छ। पढ्‌दै जाँदा उल्लिखित शास्त्रपदहरू पनि हेर्न सक्नुहुन्छ। यसको लागि बाइबल पदमा थिच्नुहोस्‌ अनि दायाँपट्टि पद देखा पर्छ। यहाँ दिइएको लिङ्‌कमा थिच्नुभयो भने सीधै बाइबल पद हेर्न सक्नुहुन्छ।

अर्को प्रकाशन पढ्‌न नेभिगेसन ड्रयर खोल्नुहोस्‌ अनि प्रकाशनहरूको सूचीमा जान फेरि प्रकाशनहरू ट्याब थिच्नुहोस्‌।

 दैनिक पद

आजको दैनिक पद हेर्न नेभिगेसन ड्रयर खोलेर दैनिक पद ट्याबमा थिच्नुहोस्‌।

 अनलाइन

नेभिगेसन ड्रयरमा भएको अनलाइन भन्‍ने भागमा हाम्रो आधिकारिक वेबसाइटको लिङ्‌कहरू पाइन्छ।

 नयाँ विशेषताहरू

JW लाइब्रेरी-को नयाँ विशेषताहरू तपाईंसित छ कि छैन पक्का गर्न आफ्नो मोबाइल वा ट्याब्लेट अपडेट गरिरहनुहोस्‌।

तपाईंको उपकरणमा उपलब्ध एन्ड्रोइडको सबैभन्दा नयाँ भर्सन अपडेट गर्नु राम्रो हो। थप जानकारीको लागि तल दिइएका लिङ्‌कहरू हेर्नुहोस्‌: https://supportgoogle.com/nexus/answer/4457705.

आफसेआफ अपडेट हुन तपाईंको उपकरणको सेटिङ मिलाउनुहोस्‌। थप जानकारीको लागि तल दिइएको लिङ्‌क हेर्नुहोस्‌: https://support.google.com/googleplay/answer/113412.