सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

JW लाइब्रेरी

बुकमार्क कसरी चलाउने—एन्ड्रोइड

बुकमार्क कसरी चलाउने—एन्ड्रोइड

किताबमा चिन्हको रूपमा रिबन राखेजस्तै JW लाइब्रेरी-मा भएको बुकमार्क भन्‍ने विशेषतालाई पनि हामी चिन्हको रूपमा प्रयोग गर्न सक्छौं। JW लाइब्रेरी-मा भएको हरेक प्रकाशनमा दस वटा बुकमार्क राखिएका छन्‌।

बुकमार्क राख्न निम्न निर्देशनहरू पछ्याउनुहोस्‌:

 नयाँ बुकमार्क राख्नुहोस्‌

तपाईंले कुनै लेख वा अध्यायमा बुकमार्क राख्न सक्नुहुन्छ। अनि खास अनुच्छेद वा बाइबल पदमा पनि राख्न सक्नुहुन्छ।

कुनै लेख वा अध्यायमा बुकमार्क राख्नको लागि बुकमार्क बटन थिच्नुहोस्‌। तपाईंले खोल्नुभएको प्रकाशनको बुकमार्क सूची देखा पर्छ। तपाईंले खोल्नुभएको लेख वा अध्यायमा बुकमार्क राख्न खाली भागमा थिच्नुहोस्‌।

कुनै खास अनुच्छेद वा बाइबल पदमा बुकमार्क राख्न पहिला शब्दहरूमा थिच्नुहोस्‌। त्यसपछि त्यसको बुकमार्क बटन थिच्नुहोस्‌।

 बुकमार्कमा जानुहोस्‌

बुकमार्कमा जान बुकमार्क भएको प्रकाशन खोल्नुहोस्‌। त्यसपछि बुकमार्क बटन थिच्नुहोस्‌। अनि तपाईंले हेर्न खोज्नुभएको बुकमार्क थिच्नुहोस्‌।

 बुकमार्क मिलाउनुहोस्‌

तपाईंले राख्नुभएको बुकमार्क हटाउन वा त्यसको सट्टामा अर्को राख्न पनि सक्नुहुन्छ।

बुकमार्क हटाउनको लागि बुकमार्क बटन थिच्नुहोस्‌। त्यसपछि तपाईंले हटाउन चाहनुभएको बुकमार्कको तीन वटा ठाडो थोप्ला भएको बटन थिच्नुहोस्‌। अनि मेटाउने बटन थिच्नुहोस्‌।

एउटा बुकमार्कको सट्टामा अर्को बुकमार्क राख्न बुकमार्क बटन थिच्नुहोस्‌। त्यसपछि तपाईंले राख्न चाहनुभएको बुकमार्कको तीन वटा ठाडो थोप्ला भएको बटन थिच्नुहोस्‌। अनि सट्टामा भन्‍ने बटन थिच्नुहोस्‌। त्यहाँ नयाँ बुकमार्क देखा पर्छ। तपाईंले कुन प्रकाशन कहाँसम्म पढ्‌नुभयो भनेर चिन्ह लगाउन यो निकै उपयोगी हुन्छ। जस्तै: तपाईंको दैनिक बाइबल पढाइ।

मे २०१४ मा JW लाइब्रेरी १.२ भर्सनमा यो विशेषता विमोचन भएको थियो। एन्ड्रोइड २.३ वा त्यसपछिको भर्सनमा यसलाई चलाउन सकिन्छ। तपाईंले यी विशेषता देख्नु भएन भने “JW लाइब्रेरी प्रयोग गर्न थाल्नुहोस्‌—एन्ड्रोइड” अन्तर्गतनयाँ विशेषताहरू भन्‍ने भागमा दिइएका निर्देशन पछ्याउनुहोस्‌