सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरूको मण्डलीका सभाहरू

हाम्रा सभाहरूबारे थाह पाउनुहोस्‌। तपाईँलाई पायक पर्ने ठाउँ खोज्नुहोस्‌।

पायक पर्ने ठाउँ खोज्ने (ब्राउजरको अर्को ट्याबमा नयाँ पृष्ठ खुल्नेछ)

हाम्रा सभाहरूमा के-कस्ता कार्यक्रमहरू हुन्छन्‌?

यहोवाका साक्षीहरू हप्ताको दुई पटक सभामा उपस्थित भएर यहोवाको उपासना गर्छन्‌। (हिब्रू १०:२४, २५) ती सभाहरूमा हामी बाइबलको शिक्षा जाँच गर्छौं र ती शिक्षाहरू कसरी आफ्नो जीवनमा लागू गर्न सक्छौं भनेर विचार गर्छौं। हाम्रा सभाहरूमा जो कोही पनि उपस्थित हुन सक्छन्‌।

कक्षाकोठामा गरिने छलफलजस्तै हाम्रा धेरैजसो सभाहरूमा श्रोताहरू पनि सहभागी हुन सक्छन्‌। हरेक सभाको सुरुवात र अन्त्य गीत र प्रार्थनाद्वारा गरिन्छ।

हाम्रा सभाहरूमा उपस्थित हुन तपाईं यहोवाको साक्षी नै हुनुपर्छ भन्‍ने छैन। हामी सबैलाई स्वागत गर्छौं। सभामा उपस्थित हुन कुनै शुल्क लाग्दैन र कुनै चन्दा पनि उठाइँदैन।