सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत २९

हाम्रो नाउँअनुसार जिऔँ

हाम्रो नाउँअनुसार जिऔँ

(यसैया ४३:१०-१२)

  1. १. महिमित याह सर्वोच्च, अनन्त;

    न्याय, पराक्रम र प्रेममा सिद्ध।

    सबै सत्य र अपार बुद्धिका स्रोत;

    शासन माथिबाट, हे सर्वोच्च।

    हुन्छौँ तिम्रो सेवामा अति खुसी;

    राज्य घोषणा गर्न रमाउँछौँ।

    (कोरस)

    तिम्रो साक्षी हुनु ठूलो अवसर!

    नाउँअनुसार सधैँ जिउन सकौँ!

  2. २. पवित्र सेवामा मिलीजुली काम;

    प्रेम र शान्तिमा हामी बाँधिन्छौँ।

    सत्य सिकाउँदै, महिमा झल्काउँदै;

    तिम्रो गुनगानमा गर्वले रम्छौँ।

    हे यहोवा, चिनियौँ तिम्रै नाउँले;

    तिम्रो महिमा गाउने मान पायौँ।

    (कोरस)

    तिम्रो साक्षी हुनु ठूलो अवसर!

    नाउँअनुसार सधैँ जिउन सकौँ!