सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत २८

यहोवाको मित्र बनौँ

यहोवाको मित्र बनौँ

(भजन १५)

  1. १. हे बुबा यहोवा,

    को हो मित्र तिम्रो?

    कसले जित्छ तिम्रो भरोसा?

    को छ नजिक तिम्रो?

    मान्छ वचन जसले,

    भर पर्छ तिमीमा।

    न्यायी, वफादार, सच्चा छ जो,

    जिउँछ तिम्रै भरमा।

  2. २. को हो मित्र तिम्रो?

    को छ तिम्रो अघि?

    कसले पार्छ खुसी तिमीलाई?

    चिन्छौ कसलाई तिमी?

    नाम तिम्रो लिन्छ जो,

    चल्छ वचनमा जो,

    जो छ विश्‍वासी, जो छ साँचो,

    बोली सत्य जसको।

  3. ३. सब चिन्ता तिमीमा

    बिसाई गर्छौँ बिन्ती।

    डुब्न चाहन्छौँ प्रेममा तिम्रो;

    जिउँछौँ माया पाउँदै।

    सदासदा तिम्रो

    मित्र बन्‍ने धोको।

    मित्र तिमीझैँ पाउनु कहाँ,

    महान्‌ तिमीझैँ को?

(भज. १३९:१; १ पत्रु. ५:६, ७ पनि हेर्नुहोस्‌)