सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत १२९

हामी सहिरहन्छौँ!

हामी सहिरहन्छौँ!

(मत्ति २४:१३)

  1. १. सहन सक्छौँ

    परीक्षा येसुले जस्तै।

    गरे भरोसा

    याहको वाचामा उनले।

    मानेनन्‌ हार कैल्यै।

    इनाममा ध्यान दिए।

    (कोरस)

    सहनु छ जरुरी,

    जोगाइराखौँ विश्‍वास।

    अन्तसम्म सहन

    दिन्छ मदत याहको मायाले।

  2. २. जीवन दुःख र

    आँसुले भरिएको छ।

    तर खुसी छौँ,

    नयाँ संसार नजिकै छ।

    सङ्‌घर्ष गर्नेछौँ,

    इनाम त्यो पाउनेछौँ।

    (कोरस)

    सहनु छ जरुरी,

    जोगाइराखौँ विश्‍वास।

    अन्तसम्म सहन

    दिन्छ मदत याहको मायाले।

  3. ३. शङ्‌का गर्दैनौँ,

    डराउँदैनौँ न हार मान्छौँ।

    यहोवाको दिन

    नआउन्जेल सहनेछौँ।

    नमानौँ हार कैल्यै,

    त्यो दिन छ नजिकै।

    (कोरस)

    सहनु छ जरुरी,

    जोगाइराखौँ विश्‍वास।

    अन्तसम्म सहन

    दिन्छ मदत याहको मायाले।