सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत १२८

अन्तसम्म सहौँ!

अन्तसम्म सहौँ!

(मत्ति २४:१३)

  1. १. याहको वचनको आशाले

    दिन्छ बल सहने।

    जे सिक्यौ अनि प्रेम गऱ्‍यौ,

    पूरा हुन्छ है पक्कै।

    अटल बनाऊ विश्‍वास तिम्रो,

    याहको दिनलाई सम्झी।

    सत्यनिष्ठा कायम राख

    परीक्षाहरू सही।

  2. २. नबिर्स पैलो प्रेम तिम्रो,

    गुम्न सक्छ है त्यो।

    चुनौतीलाई सह तिमी,

    चाहे जेसुकै गुमोस्‌।

    परीक्षा जे आए पनि,

    शङ्‌का र डरलाई हटाऊ।

    दिन्छन्‌ याहले छुटकारा,

    हुन्छन्‌ सधैँ तिम्रो छेउ।

  3. ३. अन्तसम्म सहनेलाई

    उद्धार दिन्छन्‌ याहले;

    जीवनको पुस्तकमा

    तिनको नाम लेख्नेछन्‌ है उनले।

    त्यसैले गर न अठोट

    सहन अन्तसम्मै।

    पाउनेछौ याहको आशिष्‌;

    हुनेछौ खुसी सधैँ।