सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ilbusca/E+ via Getty Images

जागा रहो!

मानिसहरूले किन शान्ति ल्याउन सकेका छैनन्‌?​—⁠यसबारे बाइबल के भन्छ?

मानिसहरूले किन शान्ति ल्याउन सकेका छैनन्‌?​—⁠यसबारे बाइबल के भन्छ?

 संसारका नेताहरू र अन्तरराष्ट्रिय सङ्‌घ-संस्थाहरूले शान्ति ल्याउन सकेका छैनन्‌। तथ्याङ्‌कले देखाएअनुसार दोस्रो विश्‍वयुद्धदेखि यता सबैभन्दा धेरै कलह अनि युद्ध अहिलेको समयमा भइरहेको छ। विश्‍व जनसङ्‌ख्याको एक चौथाइ मानिसहरू अर्थात्‌ लगभग २ अरब मानिस युद्धग्रस्त इलाकाहरूमा बसोबास गर्छन्‌।

 मानिसहरूले किन शान्ति ल्याउन सकेका छैनन्‌? यसबारे बाइबल के भन्छ?

मानिसहरूले शान्ति ल्याउन नसक्नुका तीन कारण

  1.  १. एउटा कारण मानिसहरूको मनोवृत्ति हो, जसले तिनीहरूलाई शान्ति कायम गर्नको लागि कुनै कदम चाल्न समेत रोक्छ। बाइबलमा भविष्यवाणी गरिएअनुसार “मानिसहरू आफैलाई मात्र प्रेम गर्ने, पैसालाई प्रेम गर्ने, धाक लगाउने, अहङ्‌कारी, . . . विश्‍वासघाती, . . . कुनै पनि कुरामा सहमत नहुने, . . . असंयमित, निष्ठुर, . . . जिद्दी गर्ने, घमन्डले फुल्ने” हुनेछन्‌।​—२ तिमोथि ३:२-४.

  2.  २. मानिसहरू समस्याहरूको समाधान गर्न सक्षम छैनन्‌। किनकि त्यसो गर्न तिनीहरूलाई सृष्टिकर्ता यहोवाको a मदत चाहिन्छ। त्यसैले व्यक्‍तिगत रूपमा वा सामूहिक रूपमा प्रयास गरे तापनि तिनीहरू सफल हुन सकेका छैनन्‌। “आफ्नै पाइलालाई बाटो देखाउने अधिकारसमेत मानिससित छैन” भनेर बाइबलमा बताइएको छ।​—यर्मिया १०:२३.

  3.  ३. यो संसार “सारा संसारलाई ठग्ने” शक्‍तिशाली अनि दुष्ट शासक सैतानको नियन्त्रणमा छ। (प्रकाश १२:९) ‘सारा संसार त्यस दुष्टको हातमा परुन्जेल’ युद्ध र कलहहरू भइरहनेछन्‌।​—१ युहन्‍ना ५:१९.

कसले शान्ति ल्याउन सक्छ?

 मानिसले होइन बरु परमेश्‍वरले शान्ति ल्याउनुहुनेछ भनेर बाइबलमा आश्‍वासन दिइएको छ।

  •   “यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘तिमीहरूको निम्ति मैले के सोचेको छु, त्यो मलाई राम्ररी थाह छ। मैले तिमीहरूको शान्ति चिताएको छु, विपत्ति होइन। म तिमीहरूले उज्ज्वल भविष्य र आशा पाओ भन्‍ने चाहन्छु।’”​—यर्मिया २९:११.

 परमेश्‍वरले यो प्रतिज्ञा कसरी पूरा गर्नुहुनेछ? ‘शान्ति दिनुहुने परमेश्‍वरले सैतानलाई कुच्याउनुहुनेछ।’ (रोमी १६:२०) परमेश्‍वरले संसारमा शान्ति स्थापना गर्न एउटा स्वर्गीय सरकार प्रयोग गर्नुहुनेछ, जसलाई बाइबलमा “परमेश्‍वरको राज्य” भनिएको छ। (लुका ४:४३) त्यस राज्यका राजा येसु ख्रिष्टले मानिसहरूलाई शान्तिमा रहन सिकाउनुहुनेछ।​—यसैया ९:६, ७.

a परमेश्‍वरको व्यक्‍तिगत नाम यहोवा हो।–भजन ८३:१८.