सीधै सामग्रीमा जाने

परमेश्‍वरको राज्यले के गर्नेछ?

परमेश्‍वरको राज्यले के गर्नेछ?

बाइबलको जवाफ

 परमेश्‍वरको राज्यले सम्पूर्ण मानव सरकारलाई हटाएर पूरै पृथ्वीमा शासन गर्नेछ। (दानियल २:४४; प्रकाश १६:१४) त्यसपछि परमेश्‍वरको राज्यले यसो गर्नेछ:

  •   दुष्टहरूलाई हटाउनेछ, जसका स्वार्थी कामहरूले हामी सबैलाई हानि गर्छ। “दुष्टहरू त्यहाँबाट जरैसमेत उखेलिनेछन्‌।”—हितोपदेश २:२२.

  •   युद्धहरूको अन्त गर्नेछ। “पृथ्वीको अन्तसम्मै [परमेश्‍वरले] युद्धहरू रोक्नुहुन्छ।”—भजन ४६:९.

  •   पृथ्वीमा संवृद्धि र सुरक्षा ल्याउनेछ। “तिनीहरूको हरेक मानिस आफ्नो आफ्नो दाखको बोट र नेभाराको बोटमनि बस्नेछ। कसैले तिनीहरूलाई डर देखाउनेछैन।”—मीका ४:४.

  •   यस पृथ्वीलाई सुन्दर बगैँचामा परिणत गर्नेछ। “उजाड र निर्जल-भूमि हर्षित हुनेछ। मरुभूमि रमाउनेछ। बसन्तको फूलझेँ त्यो फक्रनेछ।”—यशैया ३५:१.

  •   सबैलाई सन्तोषजनक र आनन्ददायी काम दिनेछ। “[परमेश्‍वरबाट] छानिएकाहरूले आफ्ना हातले गरेका काम धेरै दिनसम्मै भोग गर्नेछन्‌। किनभने तिनीहरूले व्यर्थमा परिश्रम गर्नेछैनन्‌।”—यशैया ६५:२१-२३.

  •   रोग निर्मूल पार्नेछ। “त्यहाँका बासिन्दाहरूले यसो भन्‍नेछैनन्‌, ‘म बिरामी परैँ।’ ”—यशैया ३३:२४.

  •   बुढ्यौली लाग्न दिनेछैन। “त्यो मानिस आफ्नो युवावस्थामा भन्दा पनि झन्‌ बलियो हुनेछ, त्यो आफ्नो मस्त जवानीको बेलामा जस्तै हुनेछ।”—अय्यूब ३३:२५.

  •   मरेकाहरूलाई फेरि जीवित पार्नेछ। “चिहानमा हुनेहरू सबैले [येशूको] सोर सुन्‍नेछन्‌ र बाहिर निस्किआउनेछन्‌।”—यूहन्‍ना ५:२८, २९.