सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जागा रहो!

पृथ्वी विनाशतर्फ अघि बढ्‌दै—यसबारे बाइबल के भन्छ?

पृथ्वी विनाशतर्फ अघि बढ्‌दै—यसबारे बाइबल के भन्छ?

 “पृथ्वीको जलवायु तीव्र गतिमा विनाशतर्फ अघि लम्कँदै छ। ठूलठूला सहरहरू डुब्ने जोखिममा। चरम ताप। भयावह आँधीहुरी। विश्‍वमै खानेपानीको हाहाकार। लाखौँ प्रजातिका बोटबिरुवा र जनावर लोप हुने खतरा। यस्ता विपत्तिहरू केवल काल्पनिक कथा वा बढाइचढाइ गरिएको कुरा होइन। हालको उर्जा प्रयोग नीति परिवर्तन नगर्ने हो भने यस्ता भयावह विपत्तिहरू निम्तिन सक्छ भनेर वैज्ञानिक तथ्यहरूले देखाउँछ।”—अप्रिल ४, २०२२ मा जारी गरिएको जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी मञ्चको रिपोर्टबारे संयुक्‍त राष्ट्र सङ्‌घका महासचिव एन्टोनियो गुटेरेसको वक्‍तव्य।

 “जलवायु परिवर्तनले गर्दा [अमेरिकाका] लगभग ४२३ वटै राष्ट्रिय निकुञ्ज सङ्‌कटमा परेका छन्‌ भनी वैज्ञानिकहरूले चेतावनी दिँदै छन्‌। तापक्रम वृद्धिले यी निकुञ्जहरूमा ठूलो क्षति पुऱ्‍याउन सक्छ। हिउँ पग्लने दरमा वृद्धि, डढेलो, बाढी, समुद्री सतहमा वृद्धि र चरम ताप—यस्ता विपत्तिहरू बाइबलमा बताइएका विपत्तिहरूजस्तै सुनिन्छन्‌।”—“यल्लोस्टोनमा बाढीको वितण्डा, ठूलो सङ्‌कटको चिन्ह,” द न्यु योर्क टाइम्स, जून १५, २०२२।

 के पृथ्वीको पर्यावरणीय समस्याहरू समाधान हुनेछ? हुनेछ भने यी समस्याहरू कसले समाधान गर्नेछ? बाइबल के भन्छ, विचार गर्नुहोस्‌।

पर्यावरणीय समस्याबारे गरिएको भविष्यवाणी

 परमेश्‍वरले “पृथ्वीका विनाशकारीहरूलाई विनाश” गर्नुहुनेछ भनी बाइबल बताउँछ। (प्रकाश ११:१८) यस बाइबल पदबाट हामी यी तीन वटा कुरा सिक्न सक्छौँ:

  1.  १. मानवीय गतिविधिले पृथ्वीलाई ठूलो हानि पुऱ्‍याउनेछ।

  2.  २. पृथ्वी विनाश हुने क्रम रोकिनेछ।

  3.  ३. पृथ्वीको पर्यावरणीय समस्याहरू मानिसले नभई परमेश्‍वरले समाधान गर्नुहुनेछ।

पृथ्वी विनाश हुनेछैन

 “पृथ्वी . . . सधैँभरि रहिरहन्छ” भनी बाइबल बताउँछ। (उपदेशक १:४) पृथ्वीमा मानिसहरू सधैँभरि रहनेछन्‌।

  •    “धर्मीहरूले पृथ्वी अधिकार गर्नेछन्‌ र तिनीहरू त्यहाँ सधैँभरि रहनेछन्‌।”—भजन ३७:२९.

 पृथ्वीको पर्यावरणमा पूर्ण सुधार आउनेछ।

  •    “उजाड र सुक्खा भूमिले हर्ष मनाउनेछ। मरुभूमि रमाउनेछ र केशरको फूलझैँ फक्रनेछ।”—यसैया ३५:१.