सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पृथ्वीलाई कसले जोगाउनेछ?

पृथ्वीलाई कसले जोगाउनेछ?

 मानवीय गतिविधिले गर्दा पृथ्वी र यसमा भएका जीवहरूलाई पुगेको हानिबारे थुप्रै मानिस चिन्ता व्यक्‍त गर्छन्‌। केही वातावरणविद्‌अनुसार मानवीय गतिविधिले गर्दा पहिलाभन्दा तीव्र गतिमा जीवजन्तुहरू लोप हुँदै छन्‌ र पृथ्वीको जैविक विविधतामा असर पुगिरहेको छ।

 के मानिसहरूले पृथ्वीलाई विनाश गर्नेछन्‌? वा के तिनीहरूले प्रकृतिलाई कुनै हानि नगरी त्यसको उपभोग गर्न सक्नेछन्‌?

के मानिसको प्रयास सफल हुनेछ?

 थुप्रै विज्ञ मानिसले पृथ्वी र यसको पर्यावरणलाई संरक्षण गर्न सक्छन्‌ भन्‍ने कुरामा विश्‍वस्त छन्‌। केही अनुसन्धानकर्ताअनुसार मानिसको प्रयास सफल हुन थुप्रै क्षेत्रमा, त्यो पनि एउटै समयमा परिवर्तनहरू गरिनुपर्छ। यस्ता परिवर्तनहरूमा यी कुराहरू समावेश छन्‌:

  •   जमिन, वनजङ्‌गल, सिमसार र महासागरको संरक्षण गर्ने तरिकामा सुधार ल्याउने।

  •   कृषि र ऊर्जा उत्पादनमा फरक प्रणाली लागू गर्ने।

  •   खानेकुरा उत्पादन र वितरण गर्ने तरिकामा परिवर्तन ल्याउने। जस्तै, अन्‍न र हरियो सागसब्जीको खपत बढाउने अनि माछामासुको खपत कम गर्ने। यसले गर्दा पर्यावरणमा सुधार आउनेछ र खानेकुरा धेरै खेर जानेछैन।

  •   जीवन गुणस्तरीय बनाउन प्रशस्त भौतिक धनसम्पत्ति चाहिँदैन भनेर स्विकार्ने।

 तपाईँलाई कस्तो लाग्छ? सरकार, व्यापारी र व्यक्‍तिविशेषले यसको लागि विशेष प्रयास गर्नेछन्‌ भनेर अपेक्षा गर्नु के व्यावहारिक छ? वा मानिसहरू एकदमै लोभी, स्वार्थी र अदूरदर्शी भएकोले यो असम्भव छ जस्तो लाग्छ कि?—२ तिमोथि ३:१-५.

आशा गर्न सकिने कारण

 बाइबलले हाम्रो पृथ्वी विनाश हुनेछैन भनेर आश्‍वासन दिन्छ। यसमा पृथ्वीलाई जोगाउन मानव प्रयास मात्र किन पर्याप्त छैन र गर्नुपर्ने खास परिवर्तन के हो भनेर बताइएको छ। साथै यस्तो परिवर्तन कसरी गरिनेछ भनेर पनि बताइएको छ।

 पृथ्वीलाई जोगाउन किन मानव प्रयास मात्र पर्याप्त छैन? यहोवा a परमेश्‍वरले पृथ्वी सृष्टि गर्नुभयो र यसको रेखदेख गर्ने जिम्मा मानिसहरूलाई दिनुभयो। (उत्पत्ति १:२८; २:१५) यो जिम्मेवारी राम्ररी पूरा गर्न तिनीहरूले सृष्टिकर्ताको डोऱ्‍याइ खोज्नुपर्थ्यो र उहाँका निर्देशनहरू पालन गर्नुपर्थ्यो। (हितोपदेश २०:२४) तर तिनीहरूले यहोवालाई तिरस्कार गरे र आफूखुसी जीवन बिताउने निर्णय गरे। (उपदेशक ७:२९) मानिससित आफ्नै बलबर्कतमा पृथ्वीको रेखदेख गर्ने क्षमता छैन। अनि तिनीहरूले जति नै प्रयास गरे पनि पूर्णतया सफल हुन सक्दैनन्‌।—हितोपदेश २१:३०; यर्मिया १०:२३.

 कस्तो परिवर्तन गर्नुपर्नेछ? परमेश्‍वरले मानिसहरूलाई पृथ्वी विनाश गर्नदेखि रोक्नुहुनेछ। (प्रकाश ११:१८) उहाँले पृथ्वीलाई हानि पुऱ्‍याइरहेको सरकार र मानव समाजलाई सुधार्नुहुनेछैन। बरु नयाँ सरकार र नयाँ मानव समाज स्थापना गर्नुहुनेछ। (प्रकाश २१:१) यहोवा यस्तो घोषणा गर्नुहुन्छ: “हेर! म सबै थोक नयाँ बनाउँदै छु।”—प्रकाश २१:५.

 यो परिवर्तन कसरी गरिनेछ? यहोवाले मानव सरकारहरूको सट्टामा स्वर्गीय सरकार ल्याउनुहुनेछ, जसलाई परमेश्‍वरको राज्य भनिन्छ। यस राज्यले येसु ख्रिष्टको नेतृत्वमा पृथ्वीमाथि शासन गर्नेछ।—दानिएल २:४४; मत्ति ६:१०.

 परमेश्‍वरको राज्यले मानिसहरूलाई उहाँको धार्मिक स्तरअनुसार चल्न सिकाउनेछ। सृष्टिकर्तालाई चिन्दा र उहाँको डोऱ्‍याइअनुसार चल्दा मानिसहरूले प्रकृतिलाई कुनै हानि नगरी त्यसको उपभोग गर्न सक्नेछन्‌। (यसैया ११:९) परमेश्‍वरको राज्यले मानिसको जीवन गुणस्तरीय बनाउन के गर्नेछ भनेर बाइबल बताउँछ। यस राज्यले भविष्यमा निम्न कुराहरू गर्नेछ:

 परमेश्‍वरको राज्यले चाँडै यी परिवर्तनहरू गर्नेछ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌। थप जानकारीको लागि “ईश्‍वरको राज्यले कहिले पृथ्वीमा शासन थाल्नेछ?” भन्‍ने लेख पढ्‌नुहोस्‌।

a परमेश्‍वरको व्यक्‍तिगत नाम यहोवा हो।—भजन ८३:१८.