हितोपदेश २०:१-३०

  • मद्यले बदख्वाइँ गर्छ ()

  • अल्छीले हिउँदमा खेत जोत्दैन ()

  • मानिसको मनको कुरा गहिरो इनारको पानीजस्तै हो ()

  • सोचविचारै नगरी भाकल गर्नदेखि सावधान होऊ (२५)

  • जवान मानिसहरूको गौरव उनीहरूको बल हो (२९)

२०  मद्यले बदख्वाइँ गर्छ,+ रक्सीले होहल्ला मच्चाउँछ;+ जो यसको पछि लाग्छ, त्यो मूर्ख हो।+  २  राजाको क्रोध सिंहको गर्जनजस्तै हो,+ राजालाई रिस उठाउनेले आफ्नो ज्यान खतरामा पार्छ।+  ३  झगडाबाट टाढै रहने मानिसले आदर कमाउँछ+ तर मूर्ख भने झगडामा फस्छ।+  ४  अल्छीले हिउँदमा खेत जोत्दैन; त्यसैले आफूसित केही नभएपछि कटनीको समयमा ऊ मागेर हिँड्‌छ।*+  ५  मानिसको हृदयमा भएको कुरा गहिरो इनारको पानीजस्तै हो तर समझदार मानिसले त्यो तानेर निकाल्छ।  ६  दयालु छु* भन्दै हिँड्‌ने मानिस थुप्रै हुन्छन्‌ तर साँच्चै दया देखाउने मानिस कमै भेटिन्छ।  ७  धर्मी मानिस इमानदार* भई हिँड्‌छ+ अनि उसका सन्तान* सुखी हुन्छन्‌।+  ८  न्याय गर्न राजा सिंहासनमा बस्दा+ तिनको एकै नजरले असल र खराब छुट्ट्याउँछ।+  ९  कसले भन्‍न सक्छ: “मेरो हृदय सफा छ,+ मेरो पाप मेटियो?”+ १०  बेइमानीको ढक र गलत नाप* —यी दुवैलाई यहोवा घृणा गर्नुहुन्छ।+ ११  बालकसमेत उसको व्यवहारबाटै चिनिन्छ, उसको चालचलन शुद्ध र असल छ कि छैन, त्यो थाह हुन्छ।+ १२  सुन्‍ने कान र हेर्ने आँखा —दुवै बनाउने यहोवा नै हुनुहुन्छ।+ १३  निद्रालाई प्यारो नठान नत्र तिमी कङ्‌गाल हुनेछौ।+ जागा बस अनि तिमी कहिल्यै भोको बस्नुपर्नेछैन।+ १४  किन्‍ने मान्छे भन्छ, “अहँ! हुँदैन। महँगो भयो!” तर त्यहाँबाट गइसकेपछि भने त्यो सामान सस्तोमा किनेकोमा फुर्ती लगाउँछ।+ १५  बहुमूल्य सुन र मुगा* प्रशस्त पाइन्छ तर ज्ञानले भरिएको बोली तीभन्दा अनमोल हुन्छ!+ १६  अपरिचित मानिसको लागि जमानी बसिदिने व्यक्‍तिको लुगा बन्धकी राख+ तर उसले चरित्रहीन* आइमाईको निम्ति बन्धकी राखेको हो भने त्यो फिर्ता नगर।+ १७  छल गरेर कमाएको भोजन सुरुमा मीठो हुन्छ तर पछिचाहिँ ढुङ्‌गा चपाएझैँ हुन्छ।+ १८  सरसल्लाह गरेर बनाएको योजना सफल हुन्छ;+ सही निर्देशन* खोजेर युद्ध लड।+ १९  निन्दा गर्ने मानिसले गोप्य कुरा सुनाउँदै हिँड्‌छ;+ कुरौटेसित सङ्‌गत नगर। २०  जसले आफ्नो बुबा र आमालाई सराप्छ, अन्धकारले घेर्दा उसको बत्ती निभ्नेछ।+ २१  लोभ गरेर हासिल गरेको धनसम्पत्तिबाट अन्तमा केही आशिष्‌ पाइँदैन।+ २२  यसो नभन्‍नू: “म बदला नलिई कहाँ छाड्‌छु र!”+ यहोवामा भरोसा राख,+ उहाँले तिमीलाई बचाउनुहुनेछ।+ २३  बेइमानीको ढकलाई* यहोवा घृणा गर्नुहुन्छ अनि छलको तराजु पनि उहाँलाई मन पर्दैन। २४  मानिसको हरेक पाइलालाई यहोवाले डोऱ्‍याउनुहुन्छ;+ मानिसलाई आफ्नो बाटो कहाँ थाह हुन्छ र! २५  सोचविचारै नगरी भाकल गरेर त्यसलाई “पवित्र!” भन्‍नु+ तर पछि मात्र त्यसबारे सोच्न थाल्नु मानिसको लागि पासो हो।+ २६  बुद्धिमान्‌ राजाले दुष्टहरूलाई निफन्छन्‌+ अनि तिनीहरूमाथि दाइँ गर्छन्‌।+ २७  मानिसको सास यहोवाको बत्ती हो, मानिसको मनभित्र के छ, त्यसले प्रकट गर्छ। २८  अटल प्रेम र सत्यले राजाको रक्षा गर्छ;+ अटल प्रेम देखाएर तिनी आफ्नो सिंहासन जोगाइराख्छन्‌।+ २९  जवान मानिसहरूको गौरव उनीहरूको बल हो+ अनि फुलेको केश बूढापाकाको शोभा हो।+ ३०  मुक्का र चोटले खराबीलाई पखाल्छ+ अनि पिटाइले मानिसलाई भित्रैदेखि सुधार्छ।

फुटनोटहरू

वा सम्भवतः “उसले कटनीको समयमा अन्‍न खोज्नेछ तर केही भेट्टाउनेछैन।”
वा “अटल प्रेम देखाउँछु।”
वा “निष्ठावान्‌।”
शा., “छोराहरू।”
वा “दुई फरक तौलको ढक र सानो-ठूलो मानापाथी।”
शब्दावली हेर्नुहोस्‌।
शा., “विदेशी।”
वा “बुद्धिमानी डोऱ्‍याइ।”
वा “दुई फरक तौलको ढकलाई।”