सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रश्‍न १८

परमेश्‍वरसित नजिक हुन तपाईँले के गर्नुपर्छ?

“हे प्रार्थना सुन्‍नुहुने परमेश्‍वर, हरकिसिमका मानिसहरू तपाईँकहाँ आउनेछन्‌।”

भजन ६५:२

“आफ्नो सारा हृदयले यहोवामा भरोसा राख, आफ्नै बुद्धिमा भर नपर। जुनसुकै काम गर्दा उहाँलाई सम्झ; उहाँले तिमीलाई सही बाटो देखाउनुहुनेछ।”

हितोपदेश ३:५, ६

“अनन्त जीवन पाउन तिनीहरूले तपाईँ एक मात्र साँचो परमेश्‍वरलाई अनि तपाईँले पठाउनुभएको येसु ख्रिष्टलाई चिन्‍नुपर्छ।”

युहन्‍ना १७:३

“भनौँ भने उहाँ हामीमध्ये कसैबाट पनि टाढा हुनुहुन्‍न।”

प्रेषित १७:२७

“म यही प्रार्थना गरिरहन्छु कि सही ज्ञान र पूर्ण समझसँगै तिमीहरूको प्रेम झन्‌झन्‌ बढ्‌दै जाओस्‌।”

फिलिप्पी १:९

“यदि तिमीहरूमध्ये कसैसित बुद्धिको कमी छ भने उसले परमेश्‍वरसित मागिरहोस्‌ र उसलाई त्यो दिइनेछ किनकि उहाँले सबैलाई उदारचित्तले अनि नझर्कीकन दिनुहुन्छ।”

याकुब १:५

“परमेश्‍वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ। हे पापी हो, आफ्नो हात शुद्ध पार। हे दोमने हो, आफ्नो हृदय चोखो बनाओ।”

याकुब ४:८

“परमेश्‍वरका आज्ञाहरू पालन गर्नु नै उहाँलाई प्रेम गर्नु हो र उहाँका आज्ञाहरू बोझिला छैनन्‌।”

१ युहन्‍ना ५:३