सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्वरको राज्यमा मानिसहरूले “प्रशस्त शान्तिमा आफै खुसी मनाउनेछन्‌।”—भजन ३७:११

बाइबल के भन्छ?

बाइबल के भन्छ?

के बाइबलले तपाईंलाई चिन्ता-फिक्रीको सामना गर्न मदत गर्न सक्छ?

तपाईं के भन्नुहुन्छ?

  • सक्छ

  • सक्दैन

  • खै, के थाह

बाइबल के भन्छ?

“तिमीहरूले आफ्नो सारा फिक्री [परमेश्वरमाथि] बिसाओ, किनकि उहाँले तिमीहरूको ख्याल राख्नुहुन्छ।” (१ पत्रुस ५:७) परमेश्वरले तपाईंको चिन्ता-फिक्रीहरू कम गर्न मदत गर्न सक्नुहुन्छ भनी बाइबलले आश्वासन दिन्छ।

हामी बाइबलबाट अरू के सिक्न सक्छौं?

  • प्रार्थनाद्वारा “परमेश्वरको शान्ति” पाउन सक्नुहुन्छ जसले चिन्ता कम गर्न मदत गर्छ।—फिलिप्पी ४:६, ७.

  • परमेश्वरको वचन पढ्‌नुभयो भने पनि तनाव कम गर्न मदत पाउनुहुनेछ।—मत्ती ११:२८-३०.

के चिन्ता-फिक्री नै नहुने समय आउन सक्छ?

कसै-कसैलाई . . . तनाव र चिन्ता जीवनको भाग हो जस्तो लाग्छ। अनि कसैलाई चाहिं मृत्युपछि मात्र चिन्ता-फिक्रीबाट मुक्त हुन सकिन्छ जस्तो लाग्छ। तपाईंलाई चाहिं कस्तो लाग्छ?

बाइबल के भन्छ?

परमेश्वरले चिन्ता-फिक्री हटाउनुहुनेछ। “मृत्यु हुनेछैन, न त फेरि कहिल्यै शोक, रुवाइ वा पीडा नै हुनेछ। पहिलेका कुराहरू बितिसकेका छन्‌।”—प्रकाश २१:४.

हामी बाइबलबाट अरू के सिक्न सक्छौं?