सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

उज्ज्वल भविष्य—सबैको चाहना

उज्ज्वल भविष्य—सबैको चाहना

तपाईँ कस्तो भविष्य चाहनुहुन्छ? धेरै जना मानिसजस्तै तपाईँ पनि आफू र आफ्नो परिवारको लागि सुखशान्ति, सुस्वास्थ्य र संवृद्धि छाएको भविष्य चाहनुहुन्छ।

तर धेरै जनालाई आफूले चाहेको जस्तो भविष्य सम्भव छैन जस्तो लाग्छ। तिनीहरूले कोभिड-१९ महामारीजस्ता आसै नगरेका घटनाहरू भोग्नुपरेको छ। यसले गर्दा तिनीहरूको जीवन उथलपुथल भएको छ, हातमुख जोर्न गाह्रो भएको छ अनि थुप्रैले ज्यानसमेत गुमाएका छन्‌।

अचानक परिस्थिति परिवर्तन भएर जीवनले अर्कै मोड लिन सक्ने भएकोले मानिसहरू आफ्नो भविष्य उज्ज्वल बनाउने कुराको खोजीमा छन्‌। कोही-कोही हाम्रो भविष्य अदृश्‍य शक्‍तिहरूको नियन्त्रणमा छ भनेर विश्‍वास गर्छन्‌। अरू कतिपय भने भविष्य उज्ज्वल बनाउनको लागि शिक्षा हासिल गर्ने र धनसम्पत्ति कमाउने दौडधूपमा लाग्छन्‌। अरू थुप्रैको विचारमा भने जीवन सफल बनाउन असल मानिस बने पुग्छ।

के यी कुराहरूले तपाईँको भविष्य उज्ज्वल बनाउनेछ? यसको जवाफ पाउन निम्न प्रश्‍नहरू विचार गर्नुहोस्‌:

  • तपाईँको भविष्य केले निर्धारण गर्छ?

  • के शिक्षा र पैसाले तपाईँको जीवन राम्रो बनाउँछ?

  • असल मानिस बन्दैमा के तपाईँको भविष्य उज्ज्वल हुन्छ?

  • भविष्य उज्ज्वल बनाउन मदत गर्ने भरपर्दो स्रोत के हो?

प्रहरीधरहरा-को यस अङ्‌कले तपाईँलाई उक्‍त प्रश्‍नहरूको जवाफ पाउन मदत गर्नेछ।