सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

“मेरो हृदय यहाँ सधैँभरि रहनेछ”

“मेरो हृदय यहाँ सधैँभरि रहनेछ”

यहोवाले मन्दिरलाई आफ्नो निम्ति उपासना चढाइने भवनको रूपमा रोज्नुभयो (२इ ७:११, १२)

यहोवाको हृदय सधैँभरि त्यहाँ रहनेछ भन्‍नुको मतलब उहाँको नाम जोडिएको यस भवनमा के-के भइरहेको छ भनेर उहाँले सधैँ गहिरो चासो लिनुहुने थियो (२इ ७:१६; w०२ ११/१५ पृ. ५ अनु. १)

यहोवाका सेवकहरू “सारा हृदयले” उहाँको बाटोमा हिँड्‌न छोडे भने उहाँले मन्दिरलाई तहसनहस हुन दिनुहुने थियो (२इ ६:१४; ७:१९-२१; it-2-E पृ. १०७७-१०७८)

मन्दिर उद्‌घाटनको बेला मानिसहरूलाई आफ्नो हृदय सधैँभरि मन्दिरमा रहनेछ जस्तो लागेको हुन सक्छ। तर दुःखको कुरा, समय बित्दै जाँदा यहोवाको उपासना गर्ने तिनीहरूको जोस बिस्तारै सेलाउन थाल्यो।

आफैलाई सोध्नुहोस्‌: ‘सारा हृदयले यहोवाको उपासना गरेको म कसरी देखाउँदै छु?’