सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत ७४

सँगै मिलेर गाऔँ राज्यगीत!

सँगै मिलेर गाऔँ राज्यगीत!

(भजन ९८:१)

  1. १. कत्ति राम्रो छ यो विजयको गीत;

    गर्छ महिमा सर्वोच्च याहको।

    आशा दिन्छ र वफादार बनाउँछ।

    आऊ सँगै गाऔँ, सँगसँगै नै झुमौँ।

    (कोरस)

    ‘आऊ न सबै पुजौँ याहलाई।

    सुनाऔँ येसु राजा भनी!

    सिकौँ यो गीत राज्यको जय गाउने;

    पवित्र नाउँ पुकार्न शिर झुकाऔँ।’

  2. २. राज्यको घोषणा गर्छ यो गीतले।

    प्रभु येसु हुन्‌ संसारका राजा।

    हेर जन्म्यो, नयाँ राष्ट्र याहको;

    अधिकार पाउनेछन्‌ तिनले सदा।

    (कोरस)

    ‘आऊ न सबै पुजौँ याहलाई।

    सुनाऔँ येसु राजा भनी!

    सिकौँ यो गीत राज्यको जय गाउने;

    पवित्र नाउँ पुकार्न शिर झुकाऔँ।’

  3. ३. सबै नम्रले सक्छन्‌ गाउन यो गीत;

    सरल छ शब्द, सन्देश छ न्यानो।

    सिकेका छन्‌ है लाखौँ-लाखले यो गीत;

    गाउन सबैलाई दिँदै छन्‌ निम्तो।

    (कोरस)

    ‘आऊ न सबै पुजौँ याहलाई।

    सुनाऔँ येसु राजा भनी!

    सिकौँ यो गीत राज्यको जय गाउने;

    पवित्र नाउँ पुकार्न शिर झुकाऔँ।’