सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत ६

आकाशले परमेश्‍वरको महिमा गर्छ

आकाशले परमेश्‍वरको महिमा गर्छ

(भजन १९)

  1. १. आकाश गाउँछ याह तिम्रो महिमा।

    तिम्रो कलाकृति देख्छु

    म आकाशमा।

    झुल्किन्छ घाम तिम्रो तारिफ गर्दै।

    देखिन्छ ताराहरूमा शक्‍ति,

    बुद्धि र प्रेम।

  2. २. तिम्रो आज्ञा मेरो शिरमा तेलझैँ छ;

    तिम्रो वचन सबलाई

    जीवनको ज्योतिझैँ।

    तिम्रो न्याय सच्चा र भला छ।

    तिम्रो वचन तिम्रो आज्ञा

    मीठो छ महझैँ।

  3. ३. तिम्रो भय मान्‍नु मेरो सुरक्षा

    सुनभन्दा नि असल

    तिम्रा आदेशहरू।

    भलाइ मेरो ती आदेशहरूमै।

    पवित्र त्यो तिम्रो नाउँमा

    रमाउँछु गर्वले।

(भज. १११:९; १४५:५; प्रका. ४:११ पनि हेर्नुहोस्‌)