सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत १५८

हुँदैन ढिलो!

हुँदैन ढिलो!

(हबकुक २:३)

  1. १. थाक्दैनन्‌ आँखा,

    गर्छन्‌ प्रशंसा।

    हे याह तिम्रो

    सृष्टिलाई नियाल्दा।

    युगौँ बिते नि,

    अटल छौ तिमी।

    सर्वोच्च याह

    छौ धीरजी कत्ति!

    (कोरस)

    पर्खाइ छ त्यो दिनको,

    बहार उमङ्‌गको।

    था’ छ हुँदैन ढिलो।

    बिन्ती यही हाम्रो:

    ‘आओस्‌ राज्य तिम्रो।’

    खुसी भई हेर्छौँ बाटो।

    हुँदैन ढिलो!

  2. २. प्यारा जन तिम्रा

    आँखाको नानी।

    बितिगए नि

    दिन्छौ जीवन फेरि।

    आशाको दियो

    ननिभोस्‌ हाम्रो।

    अन्तिम क्षण सम्मै

    देऊ है धीरज तिम्रो।

    (कोरस)

    पर्खाइ छ त्यो दिनको,

    बहार उमङ्‌गको।

    था’ छ हुँदैन ढिलो।

    बिन्ती यही हाम्रो:

    ‘आओस्‌ राज्य तिम्रो।’

    खुसी भई हेर्छौँ बाटो।

    हुँदैन ढिलो!

  3. ३. चाहन्छौ तिमी

    बाँचेको सबै।

    धीरजी छौ है,

    नियाल्दैछौ अझै।

    सुनाउँछौँ सन्देश

    सारा बल लगाई।

    जीवन यो हाम्रो,

    अर्पण छ तिमीलाई।

    (कोरस)

    पर्खाइ छ त्यो दिनको,

    बहार उमङ्‌गको।

    था’ छ हुँदैन ढिलो।

    बिन्ती यही हाम्रो:

    ‘आओस्‌ राज्य तिम्रो।’

    खुसी भई हेर्छौँ बाटो।

    हुँदैन ढिलो!

    धीरज हाम्रो बढाइदेऊ!

(कल. १:११ पनि हेर्नुहोस्‌।)