सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत १५५

खुसी सधैँभरि

खुसी सधैँभरि

(भजन १६:११)

  1. १. कति सुन्दर हे यहोवा

    तिम्रा हातका काम।

    बनायौ पृथ्वी जून तारा

    र त्यो न्यानो घाम।

    धर्ती गगन हुन्‌ सब तिम्रै,

    आफ्नो सृष्टिलाई नियाल्दै

    रमायौ तिमी।

    (कोरस)

    तिमीले दिने आनन्द

    हुनेछैन कै’ल्यै अन्त;

    र अपार माया तिम्रो।

    नयाँ संसार त्यो आउनेछ,

    खुसीको बाहार ल्याउनेछ।

    हुनेछौँ तिमीसँगै,

    खुसी सधैँभरि।

  2. २. जीवनको सास दियौ याह

    हामी सबैलाई;

    सधैँ जिउने इच्छा हाली,

    बनायौ हाम्लाई।

    आनन्दको मूल हौ तिमी,

    दिन्छौ तिमी हाम्लाई पनि

    आनन्द कति!

    (कोरस)

    तिमीले दिने आनन्द

    हुनेछैन कै’ल्यै अन्त;

    र अपार माया तिम्रो।

    नयाँ संसार त्यो आउनेछ,

    खुसीको बाहार ल्याउनेछ।

    हुनेछौँ तिमीसँगै,

    खुसी सधैँभरि।

    (ब्रिज)

    येसु आए यो धर्तीमा

    जीवन दिनलाई;

    तिम्रो छोराको मायाले

    पायौँ आनन्द सदालाई।

    (कोरस)

    तिमीले दिने आनन्द

    हुनेछैन कै’ल्यै अन्त;

    र अपार माया तिम्रो।

    नयाँ संसार त्यो आउनेछ,

    खुसीको बाहार ल्याउनेछ।

    हुनेछौँ तिमीसँगै,

    खुसी सधैँभरि।

    (कोरस)

    तिमीले दिने आनन्द

    हुनेछैन कै’ल्यै अन्त;

    र अपार माया तिम्रो।

    नयाँ संसार त्यो आउनेछ,

    खुसीको बाहार ल्याउनेछ।

    हुनेछौँ तिमीसँगै,

    खुसी सधैँभरि।

(भज. ३७:४; १ कोरि. १५:२८ पनि हेर्नुहोस्‌।)