सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

फेरि भेट्‌नुहोस्‌

पाठ ७

लगनशील हुनुहोस्‌

लगनशील हुनुहोस्‌

सिद्धान्त: “उनीहरूले . . . सिकाउन र . . . सुसमाचार घोषणा गर्न बन्द गरेनन्‌।”—प्रेषि. ५:४२.

पावलले के गरे?

१. भिडियो हेर्नुहोस्‌ वा प्रेषित १९:८-१० पढ्‌नुहोस्‌। त्यसपछि यी प्रश्‍नहरू विचार गर्नुहोस्‌:

  1.   क. पावलले लगनशील भई सुसमाचार सुनाइरहे भनेर किन भन्‍न सक्छौँ?

  2.  ख. पावलले चासो देखाएकाहरूलाई सिकाउन कस्तो प्रयास गरे र कहिलेसम्म त्यसो गरे?

हामी पावलबाट के सिक्न सक्छौँ?

२. प्रभावकारी पुनःभेट गर्न अनि बाइबल अध्ययन सुरु गर्न हामीले आफ्नो समय र शक्‍ति खर्च गर्नुपर्छ।

पावलको अनुकरण गर्नुहोस्‌

३. चासो देखाएको व्यक्‍तिलाई तिनको मिल्ने समयमा भेट्‌नुहोस्‌। आफैलाई सोध्नुहोस्‌: ‘तिनीसित कहिले र कहाँ कुराकानी गर्न सकिएला?’ तिनले दिएको समय तपाईँको लागि उपयुक्‍त छैन भने पनि त्यही समयमा भेट्‌न प्रयास गर्नुहोस्‌।

४. अर्को भेटको लागि समय तोक्नुहोस्‌। प्रत्येक चोटिको कुराकानीको अन्तमा ती व्यक्‍तिलाई फेरि कहिले भेट्‌न सकिन्छ भनेर समय तोक्नुहोस्‌ अनि त्यही समयमा भेट्‌न जानुहोस्‌।

५. आशा नमार्नुहोस्‌। कुनै व्यक्‍तिलाई घरमा त्यत्ति भेटिँदैन वा तिनी प्रायजसो व्यस्त हुन्छन्‌ भने तिनलाई चासो छैन होला भनेर अड्‌कल नकाट्‌नुहोस्‌। (१ कोरि. १३:४, ७) तिनलाई भेट्‌न प्रयास गरिरहनुहोस्‌ तर आफ्नो समय खेर फाल्नदेखि भने होसियार हुनुहोस्‌।—१ कोरि. ९:२६.