बाइबलले वास्तवमा के सिकाउँछ?

यस किताबले तपाईंलाई विभिन्न विषयबारे बाइबलआधारित जवाफ दिन्छ। जस्तै हामी किन दुःख भोग्छौं, मरेपछि के हुन्छ, परिवार सुखी कसरी बनाउने आदि

के परमेश्वरको उद्देश्य यही हो?

आज दिनप्रतिदिन समस्या बढिरहेको देखेर तपाईंको मनमा विभिन्न प्रश्न उठ्ला। तर अब छिट्टै समय परिवर्तन हुँदैछ अनि हामीले लाभ उठाउनेछौं भनेर बाइबल बताउँछ, के यो कुरा तपाईंलाई थाह थियो?

अध्याय १

परमेश्वर वास्तवमा कस्तो हुनुहुन्छ?

परमेश्वरले तपाईंको साँच्चै ख्याल राख्नुहुन्छ जस्तो तपाईंलाई लाग्छ? उहाँको व्यक्तित्व कस्तो छ अनि उहाँसँग कसरी नजिक हुन सकिन्छ, त्यसबारे थाह पाउनुहोस्।

अध्याय २

बाइबल परमेश्वरले दिनुभएको किताब

आफ्नो व्यक्तिगत समस्याहरू सुल्झाउन बाइबलले तपाईंलाई कसरी मदत गर्न सक्छ? यसमा भएका भविष्यवाणीहरूमा तपाईं किन विश्वास गर्न सक्नुहुन्छ?

अध्याय ३

परमेश्वरले कुन उद्देश्यले पृथ्वी सृष्टि गर्नुभयो?

पृथ्वीलाई सुन्दर बगैंचा बनाउने परमेश्वरको उद्देश्य पूरा हुनेछ? हुनेछ भने कहिले?

अध्याय ४

येशू ख्रीष्ट को हुनुहुन्छ?

येशूलाई किन प्रतिज्ञा गरिएको मसिह भनिन्छ, उहाँ कहाँबाट आउनुभयो र उहाँलाई किन यहोवाको एक मात्र छोरा भनिन्छ, थाह पाउनुहोस्।

अध्याय ५

फिरौतीको बलिदान परमेश्वरले दिनुभएको सबैभन्दा अनमोल उपहार

फिरौतीको बलिदान भनेको के हो? तपाईं यसबाट कस्तो लाभ उठाउन सक्नुहुन्छ?

अध्याय ६

मान्छे मरेपछि कहाँ जान्छ?

मान्छे मरेपछि कहाँ जान्छ र मान्छे किन मर्छ, त्यसबारे बाइबलले बताउने कुरा जान्नुहोस्

अध्याय ७

मरिसकेका प्रियजनहरूका लागि साँचो आशा

तपाईंको कोही आफ्नो मान्छे मरेको छ? तिनीहरूलाई फेरि भेट्न सकिएला? पुनर्जीवनबारे बाइबलले के सिकाउँछ थाह पाउनुहोस्

अध्याय ८

परमेश्वरको राज्य के हो?

थुप्रैलाई प्रभुको प्रार्थनाबारे थाह छ। यस वाक्यको अर्थ के हो: “तपाईंको राज्य आओस्।”

अध्याय ९

के हामी “अन्तको दिनमा” बाँचिरहेका छौं?

बाइबलमा भविष्यवाणी गरिएझैं हाम्रा वरपर रहेका मानिसहरूको व्यवहार र सोचाइले हामी “अन्तको दिनमा” बाँचिरहेका छौं भनेर कसरी देखाउँछ विचार गर्नुहोस्।

अध्याय १०

स्वर्गदूतहरूले हामीलाई कस्तो प्रभाव पार्छन्‌

बाइबलमा परमेश्वरको स्वर्गदूत अनि दुष्ट स्वर्गदूतबारे बताइएको छ। के यी स्वर्गदूतहरू साँच्चै छन्‌ त? तिनीहरूले हाम्रो जीवनमा प्रभाव पार्न सक्छन्‌?

अध्याय ११

परमेश्वरले किन दुःखकष्ट हटाउनुहुन्न?

थुप्रैले संसारमा भइरहेको दुःखकष्टको लागि परमेश्वरलाई दोष दिन्छन्‌। तपाईंलाई चाहिं कस्तो लाग्छ? दुःखकष्ट हुनुको कारणबारे परमेश्वर के भन्नुहुन्छ थाह पाउनुहोस्।

अध्याय १२

परमेश्वरलाई मन पर्ने तरिकामा जीवन बिताउनुहोस्

परमेश्वरलाई मन पर्ने तरिकामा जीवन बिताउन सम्भव छ। वास्तवमा हामी उहाँको साथी बन्न सक्छौं।

अध्याय १३

जीवनप्रति परमेश्वरको जस्तै दृष्टिकोण राख्नुहोस्

गर्भपतन, रगत लिने-दिने र जनावरको जीवनप्रति परमेश्वर कस्तो दृष्टिकोण राख्नुहुन्छ?

अध्याय १४

परिवारलाई सुखी बनाउन के गर्नुपर्छ?

येशूले देखाउनुभएको प्रेमको उदाहरण श्रीमान्‌, श्रीमती, आमाबुबा अनि छोराछोरीले अनुकरण गर्न सक्छन्‌। हामी उहाँबाट के सिक्न सक्छौं?

अध्याय १५

परमेश्वरले स्वीकार्नुहुने उपासना

साँचो धर्म मान्नेहरू को हुन्‌, तिनीहरूलाई चिनाउने छ वटा विशेषता विचार गर्नुहोस्।

अध्याय १६

परमेश्वरको साँचो उपासना गर्नुहोस्

अरूलाई आफ्नो विश्वासबारे बताउँदा तपाईंलाई के-कस्ता चुनौती आउन सक्छन्‌? अरूलाई धक्का नपुग्नेगरि कसरी तपाई त्यसो गर्न सक्नुहुन्छ?

अध्याय १७

प्रार्थना गरेर परमेश्वरसित नजिक हुनुहोस्

तपाईंको प्रार्थना परमेश्वरले सुन्नुहुन्छ? यस प्रश्नको जवाफ पाउन तपाईंले बाइबलले प्रार्थनाबारे के भन्छ, त्यो बुझ्नु आवश्यक छ।

अध्यया १८

बप्तिस्माले तपाईंलाई परमेश्वरसित अझ नजिक बनाउँछ

बप्तिस्माको लागि योग्न हुन के-कस्ता कदम आवश्यक छन्‌? बप्तिस्माको अर्थ के हो र यो कसरी गर्नुपर्छ, थाह पाउनुहोस्।

अध्याय १९

परमेश्वरको प्रेम पाउन लायक बन्नुहोस्

परमेश्वरले गर्नुभएको सबै कुराको लागि हामी उहाँलाई कसरी प्रेम र कृतज्ञता देखाउन सक्छौं?

अतिरिक्त लेख

परमेश्वरको नाम यसको प्रयोग र अर्थ

थुप्रै बाइबल अनुवादहरूमा परमेश्वरको नाम झिकिएको छ। किन? परमेश्वरको नाम प्रयोग गर्नु महत्त्वपूर्ण छ?

अतिरिक्त लेख

मसीह देखा पर्ने समयबारे दानियलको भविष्यवाणीले बताउँछ

मसीह ठ्याक्कै कहिले देखा पर्नेछन्‌ भनेर परमेश्वरले ५०० वर्षअघि नै थाह दिनुभयो। यस महत्त्वपूर्ण भविष्यवाणीबारे सिक्नुहोस्!

अतिरिक्त लेख

येशू ख्रीष्ट प्रतिज्ञा गरिएको मसीह

मसीहबारे गरिएको सम्पूर्ण भविष्यवाणी येशूमा पूरा भए। भविष्यवाणीमा बताइएको यी सबै कुरा एक-एक भयो भनेर आफ्नो बाइबल हेरेर पक्का गर्नुहोस्।

अतिरिक्त लेख

बुबा, छोरा र पवित्र शक्तिबारे साँचो कुरा

त्रिएक बाइबलको शिक्षा हो भनेर धेरैले विश्वास गर्छन्‌। तर के यो साँचो हो?

अतिरिक्त लेख

साँचो ख्रीष्टियनहरू उपासना गर्दा किन क्रस चलाउँदैनन्‌?

के येशू खम्बा मै मर्नुभएको हो? यसको जवाफ बाइबलबाटै पाउनुहोस्।

अतिरिक्त लेख

प्रभुको साँझको भोज परमेश्वरको आदर गर्ने उत्सव

ख्रीष्टियनहरूलाई येशूको स्मरणार्थ उत्सव मनाउन आज्ञा दिइएको छ। यो कहिले र कसरी मनाइन्छ?

अतिरिक्त लेख

के मानिससित आत्मा छ?

मान्छे मरेपछि उसको शरीरबाट आत्मा निस्कन्छ र त्यो कहिल्यै मर्दैन भनेर थुप्रैले सोच्छन्‌। परमेश्वरको वचनले यसबारे के भन्छ?

अतिरिक्त लेख

शिओल र हेडिज के हो?

कुनै-कुनै बाइबल अनुवादमा शिओल र हेडिजलाई “चिहान” वा “नरक” भनिएको छ। वास्तवमा यी शब्दहरूको अर्थ के हो?

अतिरिक्त लेख

न्यायको दिन के हो?

वफादार व्यक्तिहरूको लागि न्यायको दिन किन आशिष्‌ हो थाह पाउनुहोस्।

अतिरिक्त लेख

सन्‌ १९१४—बाइबल भविष्यवाणीमा एउटा महत्त्वपूर्ण वर्ष

सन्‌ १९१४ एउटा महत्त्वपूर्ण वर्ष थियो भनेर साबित गर्ने कस्तो बाइबल आधारित प्रमाण छ?

अतिरिक्त लेख

प्रधान दूत माइकल को हुन्‌?

बाइबलले त्यस शक्तिशाली प्रधान दूत को हो भनेर बताउँछ। उहाँबारे अझ धेरै कुरा जान्नुहोस्। अनि उहाँ अहिले के गर्दै हुनुहुन्छ, त्यो थाह पाउनुहोस्।

अतिरिक्त लेख

“महान्‌ बेबिलोन”-को चिनारी

प्रकाश भन्ने बाइबलको एउटा किताबले महान्‌ बेबिलोन नाम गरेको एउटी वेश्याबारे बताउँछ। के त्यो साँच्चैको आइमाइ हो? बाइबलले त्यसबारे के भन्छ?

अतिरिक्त लेख

के येशू डिसेम्बर महिनामा जन्मनुभयो?

येशू जन्मनुभएको वर्ष त्यहाँको मौसम कस्तो थियो विचार गर्नुहोस्। त्यसबाट हामी के थाह पाउँछौं?

अतिरिक्त लेख

के हामीले चाडपर्व मनाउनु हुन्छ?

तपाईं बस्नुहुने ठाउँमा मनाइने थुप्रै चाडपर्वहरूको सुरुवात कसरी भयो? जवाफ थाह पाएर तपाईं छक्कै पर्नुहोला।