सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हामीलाई सुन्दर संसार चाहिएको छ!

हामीलाई सुन्दर संसार चाहिएको छ!

संयुक्‍त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यसो भने: “हामी बाँचिरहेको संसार समस्या नै समस्याले भरिएको छ।” के तपाईँ यो कुरामा सहमत हुनुहुन्छ?

आजभोलि प्रायः नराम्रो समाचार मात्र सुनिन्छ। जस्तै:

  • रोगबिमार अनि महामारी

  • प्राकृतिक प्रकोप

  • गरिबी अनि भोकमरी

  • प्रदूषण अनि जलवायु परिवर्तन

  • अपराध, हिंसा अनि भ्रष्टाचार

  • युद्ध

साँच्चै, हामीलाई सुन्दर संसार चाहिएको छ। यस्तो संसार, जहाँ यी कुराहरू हुनेछन्‌:

  • सुस्वास्थ्य

  • सुरक्षा

  • प्रशस्त खानेकुरा

  • स्वच्छ वातावरण

  • न्याय

  • विश्‍वशान्ति

तर सुन्दर संसार भनेको वास्तवमा के हो?

अहिले हामी बाँचिरहेको संसारलाई के हुनेछ?

सुन्दर संसारमा बाँच्न हामीले के गर्नुपर्छ?

प्रहरीधरहरा-को यस अङ्‌कमा यी अनि यस्ता प्रश्‍नहरूको बाइबलले दिने सान्त्वनादायी जवाफहरू पाइन्छ।