सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्ययनका लागि विषयहरू

गहिरो अध्ययन गरेर जागा रहनुहोस्‌

गहिरो अध्ययन गरेर जागा रहनुहोस्‌

दानिएल ९:१-१९ पढ्‌नुहोस्‌ र गहिरो अध्ययन गर्नुको महत्त्वबारे बुझ्नुहोस्‌।

प्रसङ्‌ग राम्ररी केलाउनुहोस्‌। भर्खरै कस्ता घटनाहरू घटेका थिए र त्यसले दानिएललाई कस्तो असर गऱ्‍यो? (दानि. ५:२९–६:५) दानिएलको ठाउँमा तपाईँ हुनुभएको भए कस्तो महसुस गर्नुहुन्थ्यो?

अझ खोतल्नुहोस्‌। दानिएलले कुन “पवित्र पुस्तकहरू” पढेका हुन सक्छन्‌? (दानि. ९:२, फुटनोट; dp पृ. ३०९ अनु. ६) आफूले इस्राएल राष्ट्रले गरेको पाप दानिएलले किन स्विकारे? (लेवी २६:३९-४२; १ राजा ८:४६-५०; dp पृ. १८२-१८४) दानिएलको प्रार्थनाबाट तिनी परमेश्‍वरको वचनको गहिरो अध्ययन गर्थे भनेर कसरी देखिन्छ?—दानि. ९:११-१३.

सिक्न सकिने पाठहरू विचार गर्नुहोस्‌। आफैलाई सोध्नुहोस्‌: