सीधै सामग्रीमा जाने

यदि मैले यहोवाका साक्षीसित बाइबल अध्ययन गरेँ भने के म पनि यहोवाको साक्षी बन्‍नुपर्छ?

यदि मैले यहोवाका साक्षीसित बाइबल अध्ययन गरेँ भने के म पनि यहोवाको साक्षी बन्‍नुपर्छ?

 अहँ, पर्दैन। यस सन्दर्भमा कुनै जबरजस्ती छैन। यहोवाका साक्षीहरूको समुहको सदस्य नबनिकनै लाखौँ मानिसहरूले हामीसित बाइबल अध्ययन गरिरहेका छन्‌। a तपाईँसित बाइबल अध्ययन गर्नुको मुख्य उद्देश्‍य भनेको बाइबलले के सिकाउँछ भनेर बताउनु मात्र हो। त्यसैले यहोवाको साक्षी बन्‍ने या नबन्‍ने, त्यो तपाईँको आफ्नै निर्णय हो। कुन कुरा विश्‍वास गर्ने या नगर्ने त्यो व्यक्‍तिगत मामिला हो र हामी त्यसको कदर गर्छौं।​—यहोसु २४:१५.

के म अध्ययनको दौडान आफ्नै बाइबल प्रयोग गर्न सक्छु?

 सक्नुहुन्छ। हामीलाई पवित्र बाइबल नयाँ संसार अनुवाद प्रयोग गर्न खुसी लाग्छ किनकि यो आधुनिक भाषामा अनुवाद गरिएको छ। अनि चाहनुहुन्छ भने तपाईँलाई पनि एउटा प्रति निश्‍शुल्क दिन सक्छौँ। तर तपाईँ आफ्नै बाइबल प्रयोग गरेर अध्ययन गर्न चाहनुहुन्छ भने त्यसमा कुनै आपत्ति छैन। बाइबलले भविष्यबारे दिने आशा अनि हाम्रो उद्धारबारे बताएको सन्देश तपाईँ बाइबलको कुनै पनि अनुवादबाट सिक्न सक्नुहुन्छ।

सबै जना यहोवाका साक्षी बन्दैनन्‌ भनेर हामीलाई थाह छ, तैपनि हामी किन अरूलाई सिकाउँछौँ?

  •   प्रमुख कारण भनेको हामी यहोवालाई प्रेम गर्छौं। अनि परमेश्‍वर हामीले आफूले सिकेको कुरा अरूलाई सिकाएको चाहनुहुन्छ। (मत्ति २२:​३७, ३८; २८:​१९, २०) हाम्रो लागि “परमेश्‍वरका सहकर्मी” बनेर मानिसहरूलाई बाइबलको शिक्षा सिकाउनुभन्दा ठूलो सुअवसर अरू छैन।​—१ कोरिन्थी ३:​६-९.

  •   अरूलाई सिकाउन उत्प्रेरित हुनुको अर्को कारण हामी आफ्नो छिमेकीलाई पनि प्रेम गर्छौँ। (मत्ति २२:३९) बाइबलबाट आफूले सिकेको राम्रा कुराहरू अरूलाई बताउन पाउँदा हामीलाई धेरै खुसी लाग्छ।​—प्रेषित २०:३५.

a सन्‌ २०२२ मा हरेक महिना ५६,६६,९९६ जनाले हामीसित बाइबल अध्ययन गरे तर तीमध्ये १,४५,५५२ जना मात्र बप्तिस्मा गरेर यहोवाको साक्षी बने।