सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू मिसनरी काम गर्छन्‌?

यहोवाका साक्षीहरू मिसनरी काम गर्छन्‌?

 हो, गर्छौं। यहोवाका साक्षीको रूपमा हामी जहाँसुकै बसेका होऔं, हामीले भेट्‌ने मानिसहरूलाई आफ्नो विश्‍वासबारे हामी सधैं बताउने गर्छौं। यसरी यहोवाका सबै साक्षीहरू मिसनरीको जस्तै मनोभाव राख्छन्‌।—मत्ती २८:१९, २०.

 त्यसबाहेक बाइबलबाट सुसमाचार सुन्‍न नपाएका थुप्रै मानिसहरूलाई सुसमाचार सुनाउन तिनीहरू आफ्नै देशको अर्को ठाउँसम्म यात्रा गर्छन्‌ वा त्यतै बसाइँ सर्छन्‌। प्रचारकार्यलाई अझै फैलाउनको लागि अरू कोही साक्षीहरू भने अर्कै देशमा जान्छन्‌। येशूले गर्नुभएको भविष्यवाणी पूरा हुने काममा आफूले पनि भाग लिन पाउँदा तिनीहरू रमाउँछन्‌। येशूले यसो भन्‍नुभएको थियो: “पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा तिमीहरूले मेरो साक्षी दिनेछौ।”​—प्रेषित १:८.

 हाम्रा केही मिसनरीहरूलाई विशेष तालिम दिन हामीले सन्‌ १९४३ मा एउटा स्कूल स्थापना गऱ्‍यौं। वाचटावर बाइबल स्कूल अफ गिलियड भनेर चिनिने यस स्कूलबाट अहिलेसम्ममा ८,००० भन्दा धेरैले तालिम पाइसकेका छन्‌।