सीधै सामग्रीमा जाने

© Kim, Hyun-tae/iNaturalist. Licensed under CC-BY-4.0

सृष्टि या संयोग?

जापानमा पाइने रूख भ्यागुताको बोलावट

जापानमा पाइने रूख भ्यागुताको बोलावट

 जापानमा हाइला जापोनिका भनिने एक प्रजातिको रूख भ्यागुता पाइन्छ। भाले रूख भ्यागुताहरू एकोहोरो कराइरहने गर्छन्‌, जुन सुर न तालविनाको सुनिन्छ। तर ती भ्यागुताहरूको हुलमा पनि प्रत्येक भाले भ्यागुताको आवाज छुट्ट्याउन सकिन्छ। जापानमा यी भ्यागुताहरूमाथि अध्ययन गरिरहेका अनुसन्धनकर्ताहरूले यसको रहस्य पत्ता लगाएका छन्‌। अध्ययनले देखाएअनुसार यी भाले भ्यागुताहरू पोथी भ्यागुतालाई बोलाउन एकदम व्यवस्थित ढङ्‌गमा आवाज निकाल्ने गर्छन्‌।

 विचार गर्नुहोस्‌: भाले भ्यागुताहरू पोथीलाई आकर्षित गर्न आवाज निकाल्ने गर्छन्‌। सुरुमा आवाज भाले भ्यागुताको स्वर-ग्रन्थीमा उत्पन्‍न हुन्छ। जब उक्‍त आवाज सानो थैलीजस्तै देखिने भोकल स्याक हुँदै बाहिर निस्कन्छ, तब चर्को आवाज उत्पन्‍न हुन्छ।

 एउटा भालेको आवाज कसरी अर्को भालेको आवाजबाट छुट्टिन्छ? अनुसन्धानकर्ताहरूले पत्ता लगाएअनुसार सँगसँगै भएका भाले भ्यागुताहरू जथाभावी कराउनुको साटो पालैपालो कराउने गर्छन्‌। यस्तो तरिकाले गर्दा तिनीहरूको आवाज एकअर्कासित मिसिँदैन र प्रत्येक भ्यागुताको ऊर्जा पनि वचत हुन्छ। साथै यसले गर्दा ती भ्यागुताहरूले बेला-बेलामा चुप लाग्न र आवश्‍यक पर्दा फेरि आवाज निकाल्न पाउँछन्‌।

 अनुसन्धानकर्ताहरूले यी रूख भ्यागुताहरूको आवाज निकाल्ने एकदम व्यवस्थित तरिका नकल गरेर तारविहीन सञ्चार माध्यमलाई अझ व्यवस्थित र किफायती बनाउन खोजिरहेका छन्‌। तिनीहरू उन्‍नत गणितको प्रयोग गर्दै छन्‌, जसले गर्दा तारविहीन प्रविधिमार्फत जानकारी आदान-प्रदान गरिँदा बीचमा कुनै हस्तक्षेप हुँदैन। नतिजास्वरूप जानकारीहरू अझ भरपर्दो तरिकामा पठाउन सकिन्छ र ऊर्जा पनि कम खपत हुन्छ।

 तपाईँको विचार कस्तो छ? जापानी रूख भ्यागुताहरूको पालैपालो आवाज निकाल्ने व्यवस्थित तरिका क्रमविकासको उपज हो या सृष्टि गरिएको हो?