सीधै सामग्रीमा जाने

हरेक दिनको लागि बाइबल पद

हरेक दिनको लागि बाइबल पद

दिनहुँ धर्मशास्त्र जाँच्ने सानो पुस्तिकामा हरेक दिनको लागि एउटा बाइबल पद र त्यस पदबारे टिप्पणी दिइएको हुन्छ। यसबाट तपाईँले दिनको सुरुमा बाइबलको कुनै एउटा विषयमा सकारात्मक र प्रोत्साहनदायी कुरा पढ्‌न सक्नुहुन्छ।

दैनिक पद जुनसुकै समयमा पढ्‌न सकिने भए तापनि थुप्रैले बिहानै पढ्‌नु लाभदायी पाएका छन्‌। यसरी बिहानै पढ्‌दा तिनीहरूले पढेको कुरा दिनभरि मनन गर्न सक्छन्‌। यदि तपाईँको परिवार छ भने सँगै मिलेर पढ्‌नु बेस हुन्छ।

तपाईँ दैनिक पद प्रहरीधरहरा अनलाइन लाइब्रेरी-मा पढ्‌न सक्नुहुन्छ अथवा वर्षभरिको लागि PDF फाइल डाउनलोड गरेर पढ्‌न सक्नुहुन्छ। यो PDF फाइल छापिएको पुस्तिकाको फर्म्याटमा नै हुन्छ।