सीधै सामग्रीमा जाने

बाइबलका किताबहरूको परिचय

यी छोटो भिडियो पाठहरूले बाइबलका किताबहरूको पृष्ठभूमि र विषयवस्तुबारे महत्त्वपूर्ण जानकारी दिन्छ। आफ्नो बाइबल पढाइ र अध्ययनलाई रोचक बनाउन यी पाठहरू प्रयोग गर्नुहोस्‌।

उत्पत्तिको परिचय

उत्पत्तिको किताबले मानिसको सुरुवात अनि दुःखकष्ट र मृत्युबारे महत्त्वपूर्ण जानकारी दिन्छ।

प्रस्थानको परिचय

यहोवाले इस्राएलीहरूलाई मिश्रको दासत्वबाट छुटकारा दिनुभयो अनि तिनीहरूलाई उहाँमा समर्पित एउटा राष्ट्र बनाउनुभयो।

लेवीको परिचय

परमेश्‍वरको पवित्रताबारे र हामी आफै पनि पवित्र हुनु किन महत्त्वपूर्ण छ भन्‍नेबारे लेवीको किताबले के भन्छ, हेर्नुहोस्‌।

गन्तीको परिचय

हरेक परिस्थितिमा यहोवाप्रति आज्ञाकारी हुनु र अगुवाइ लिन नियुक्‍त भएकाहरूको आदर गर्नु किन महत्त्वपूर्ण छ, याद गर्नुहोस्‌।

व्यवस्थाको परिचय

यहोवाले इस्राएलीहरूलाई दिनुभएको व्यवस्थामा आफ्ना मानिसहरूप्रतिको उहाँको गहिरो प्रेम कसरी झल्कियो, याद गर्नुहोस्‌।

यहोसुको परिचय

इस्राएलीहरूले कसरी परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको देशलाई कब्जा गरे र बाँडफाँड गरे, थाह पाउनुहोस्‌।

न्यायकर्ताको परिचय

रोमाञ्चकारी विवरणहरूले भरिएको यो किताबको नाम परमेश्‍वरले इस्राएलीहरूलाई शत्रुहरूबाट छुटाउन प्रयोग गर्नुभएका साहसी र विश्‍वासी न्यायकर्ताहरूको नामबाट लेखिएको हो।

रुथको परिचय

रुथको किताबमा विधवा सासुलाई आत्मत्यागी प्रेम देखाएकी जवान विधवाबारे र यहोवाले उनीहरू दुवैलाई कसरी इनाम दिनुभयो भन्‍नेबारे बताइएको छ।

पहिलो समुएलको परिचय

पुरातन इस्राएलमा न्यायकर्ताहरूको समय अन्त भएर राजाहरूले शासन गर्न थालेको समयबारे पढ्‌नुहोस्‌।

दोस्रो समुएलको परिचय

दाउदले देखाएको नम्रता र विश्‍वासले गर्दा तिनी कसरी अतिप्रिय र चिरपरिचित बाइबल पात्र बने, हेर्नुहोस्‌।

पहिलो राजाको परिचय

इस्राएलमा राजा सुलेमानको शासनकालमा छाएको वैभव र समृद्धि कसरी हरायो अनि त्यो राष्ट्र कसरी इस्राएल र यहुदा राज्यमा विभाजित भयो, हेर्नुहोस्‌।

दोस्रो राजाको परिचय

इस्राएलको उत्तरी राज्यलाई धर्मत्यागले कसरी भ्रष्ट बनायो तर सारा हृदयले यहोवाको सेवा गर्ने थोरैलाई उहाँले कस्ता आशिष्‌ दिनुभयो, हेर्नुहोस्‌।

पहिलो इतिहासको परिचय

परमेश्‍वरको भय मान्‍ने राजा दाउदको वंशावली र तिनी इस्राएलको राजा भएदेखि तिनको मृत्यु सम्मको विवरण थाह पाउनुहोस्‌।

२ इतिहासको परिचय

यहुदाका राजाहरूको इतिहासले यहोवाप्रति वफादार हुनु एकदमै महत्त्वपूर्ण छ भनेर कसरी स्पष्ट पार्छ, हेर्नुहोस्‌।

एज्राको परिचय

यहोवाले आफ्ना सेवकहरूलाई बेबिलोनको कैदबाट मुक्‍त गर्ने र यरूशलेममा साँचो उपासना पुनर्स्थापना गर्ने प्रतिज्ञा गर्नुभयो र त्यो पूरा गर्नुभयो।

नहेम्याहको परिचय

नहेम्याहको किताबबाट परमेश्‍वरका सबै उपासकले पाठ सिक्न सक्छन्‌।

एस्तरको परिचय

एस्तरको समयमा घटेका घटनाहरूले यहोवाले अहिले पनि आफ्ना जनहरूलाई परीक्षाबाट उम्कन मदत दिन सक्नुहुन्छ भन्‍ने कुरामा तपाईंको विश्‍वास बलियो बनाउनेछ।

अय्यूबको परिचय

यहोवालाई प्रेम गर्ने सबैको जाँच हुनेछ। अय्यूबको विवरणले हामी निष्ठावान्‌ भइरहन र यहोवाको शासनलाई समर्थन गरिरहन सक्छौं भनेर हामीलाई विश्‍वस्त पार्छ।

भजनको परिचय

भजनको किताबले यहोवाको सार्वभौमिकतालाई समर्थन गर्छ, उहाँलाई प्रेम गर्नेहरूलाई मदत र सान्त्वना दिन्छ अनि उहाँको राज्यमार्फत संसारको अवस्था कसरी परिवर्तन हुन्छ भनेर बताउँछ।

हितोपदेशको परिचय

दैनिक जीवनको हरेक पक्ष-व्यापारिक कारोबार देखि लिएर पारिवारिक मामिलासम्म काम लाग्ने ईश्‍वरीय निर्देशन पाउनुहोस्‌।

उपदेशकको परिचय

उपदेशकको किताबमा मानिसहरूले जीवनमा महत्त्व राख्ने कुराहरू बताउनुको साथै ती कुराहरू कसरी परमेश्‍वरको बुद्धिसित मेल खाँदैन भनेर तुलना गरिएको छ।

श्रेष्ठगीतको परिचय

शुलम्मेनी केटीले गोठालो केटाप्रति देखाएको अटल प्रेमलाई “दन्केको आगो”-सित [“याहको ज्वाला,” NW] तुलना गरिएको छ। किन?

यशैयाको परिचय

यशैयाको किताबमा अचूक भविष्यवाणीहरू पाइन्छ। यसले यहोवा प्रतिज्ञा पूरा गर्ने परमेश्‍वर हुनुहुन्छ र उहाँले हामीलाई उद्धार गर्नुहुनेछ भन्‍ने कुरामा विश्‍वस्त हुन मदत गर्छ।

यर्मियाको परिचय

कठिनाइको बाबजुद यर्मिया कसरी आफ्नो जिम्मेवारीमा लागिरहे। ख्रीष्टियनहरूले तिनको उदाहरणबाट के सिक्न सक्छन्‌ त्यसबारे विचार गर्नुहोस्‌।

इजकिएलको परिचय

इजकिएलले यहोवाले दिनुभएको जुनसुकै जिम्मेवारी जतिसुकै गाह्रो भए पनि नम्र र साहसी भई पूरा गरे। तिनले हाम्रो लागि साँच्चै असल उदाहरण बसालेका छन्‌।

दानियलको परिचय

दानियल र तिनका साथीहरू जस्तोसुकै अवस्थामा पनि यहोवाप्रति वफादार रहे। उनीहरूको उदाहरणका साथै भविष्यवाणीको पूर्तिबाट यस अन्तको समयमा बाँचिरहेका हामीले थुप्रै कुरा सिक्न सक्छौं।

होशेको परिचय

गल्ती गरेर पश्‍चात्ताप गर्नेहरूलाई यहोवा कसरी कृपा देखाउनुहुन्छ र उहाँ हामीबाट कस्तो उपासना चाहनुहुन्छ भन्‍ने विषयमा होशेको भविष्यवाणीले आज हामीलाई महत्त्वपूर्ण पाठहरू सिकाउँछ।

योएलको परिचय

योएलले आउँदै गरेको “परमप्रभुको दिन”-बारे भविष्यवाणी गरे र त्यस दिन बच्नको लागि के गर्नुपर्छ भनी बताए। तिनको भविष्यवाणीले आज हाम्रो लागि अझ ठूलो अर्थ राख्छ।

आमोसको परिचय

यहोवाले यी नम्र पुरुषलाई एउटा महत्त्वपूर्ण कामको लागि प्रयोग गर्नुभयो। हामी आमोसबाट कस्ता महत्त्वपूर्ण पाठहरू सिक्न सक्छौँ?

ओबदियाको परिचय

यो हिब्रू धर्मशास्त्रको सबैभन्दा सानो किताब हो। यस किताबमा आशाको सन्देश अनि यहोवाको राज्याधिकार सदासर्वदा उच्च पारिनेबारे भविष्यवाणी पाइन्छ।

योनाको परिचय

भविष्यवक्‍ता योनाले यहोवाको सल्लाह स्विकारे, आफ्नो जिम्मेवारी पूरा गरे अनि यहोवाबाट उहाँको अटल प्रेम र दयाबारे महत्त्वपूर्ण पाठ सिके। तिनको अनुभवले तपाईँको मन छुनेछ।

मीकाको परिचय

परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको भविष्यवाणीको यस किताबले यहोवा हामीबाट व्यावहारिक अनि हाम्रै फाइदा हुने कुराहरू मात्र माग गर्नुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त हुन मदत गर्छ।

नहूमको परिचय

यहोवा आफ्नो वचन सधैँ पूरा गर्नुहुन्छ र उहाँको राज्यअन्तर्गत शान्ति र उद्धार पाउने आशा गरिरहेकाहरूलाई सान्त्वना दिनुहुन्छ भनेर भविष्यवाणीको यस किताबले विश्‍वस्त बनाउँछ।

हबकूकको परिचय

आफ्ना जनहरूलाई बचाउन कहिले र कस्तो कदम चाल्ने भनी यहोवालाई राम्ररी थाह छ भनेर हामी भरोसा गर्न सक्छौँ।

सपन्याहको परिचय

हामीले यहोवाको न्यायको दिन आउँदैन भन्‍ने सोचाइ किन राख्नु हुँदैन?

हाग्गैको परिचय

यस भविष्यवाणीले आफ्नो कुरालाई भन्दा आध्यात्मिक कुरालाई पहिलो स्थान दिनुपर्छ भनेर जोड दिन्छ।

जकरियाको परिचय

थुप्रै दर्शनहरू र भविष्यवाणीहरूले विगतमा परमेश्‍वरका जनहरूलाई बलियो बनायो। यी भविष्यवाणीहरूले अहिले हामीलाई पनि यहोवाले साथ दिनुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त बनाउँछ।

मलाकीको परिचय

यस किताबमा यहोवाका अपरिवर्तनीय सिद्धान्तहरू, कृपा र प्रेमलाई जोड दिने भविष्यवाणी पाइन्छ। साथै हाम्रो समयको लागि महत्त्वपूर्ण पाठहरू पनि पाइन्छ।

मत्तिको परिचय

चारवटा सुसमाचारका किताबमध्ये पहिलो किताब मत्तिबारे जानकारी लिनुहोस्‌।

मर्कूसको परिचय

सुसमाचारका पुस्तकमध्ये सबैभन्दा छोटो मर्कूसको किताबमा येशूले भविष्यमा परमेश्‍वरको राज्यको राजाको रूपमा शासन गर्नुहुने समयको झलक पाउँछौं।

लुकाको परिचय

लुकाको सुसमाचारको किताबमा अरू सुसमाचारको किताबहरूभन्दा कस्ता फरक जानकारीहरू छन्‌?

युहन्‍नाको परिचय

युहन्‍नाको किताबमा मानिसहरूप्रति येसुको प्रेम, उहाँको नम्रता अनि उहाँ नै मसीह अर्थात्‌ परमेश्‍वरको राज्यको राजा हुनुहुन्छ भनी देखाउने विवरणहरू दिइएका छन्‌।

प्रेषितको परिचय

सुरु-सुरुका ख्रिष्टियनहरूले सबै राष्ट्रका मानिसहरूलाई चेला बनाउने काममा कडा मेहनत गरे। प्रेषितको किताबले प्रचारकार्यमा तपाईँको जोस र उत्साहलाई अझै बढाउन सक्छ।

रोमीको परिचय

यहोवाको निष्पक्षता र येसु ख्रिष्टमाथिको विश्‍वासको महत्त्वबारे परमेश्‍वरको प्रेरित जानकारी भएको रोमीहरूलाई लेखिएको पत्र

१ कोरिन्थीको परिचय

पावलले लेखेको यस पत्रमा एकता, नैतिक स्वच्छता, प्रेम र फेरि जीवित हुने कुरामाथिको विश्‍वासबारे लेखिएको छ।

२ कोरिन्थीको परिचय

“सबै सान्त्वनाका परमेश्‍वर” यहोवा आफ्ना सेवकहरूलाई बलियो पार्नुहुन्छ र सहायता गर्नुहुन्छ।

गलातीको परिचय

पावलले गलातीहरूलाई लेखेको पत्रमा भएका कुराहरू त्यो समयमा जत्ति उपयोगी थिए, अहिले पनि त्यत्ति नै उपयोगी छन्‌। साँचो ख्रिष्टियनहरूलाई वफादार रहिरहन यस पत्रले मदत गर्छ।

एफिसीको परिचय

परमेश्‍वरबाट प्रेरणा पाएर लेखिएको यस पत्रमा येसु ख्रिष्टमार्फत शान्ति र एकता ल्याउने यहोवाको उद्देश्‍यमा जोड दिइएको छ।

फिलिप्पीको परिचय

सतावट आइपर्दा हामी वफादार रह्‍यौँ भने त्यसबाट अरूले पनि प्रोत्साहन पाउन सक्छन्‌।

कलस्सीको परिचय

सिकेको कुरा लागू गरेर, एकअर्कालाई खुला मनले क्षमा गरेर अनि येसुको ओहदा र उहाँले पाउनुभएको अख्तियार स्विकारेर हामी यहोवालाई खुसी बनाउन सक्छौँ।

१ थिस्सलोनिकीको परिचय

हामी आध्यात्मिक रूपमा सजग हुनुपर्छ, ‘सबै कुरा जाँच्नुपर्छ’, ‘निरन्तर प्रार्थना गर्नुपर्छ’ र एकअर्कालाई प्रोत्साहन दिनुपर्छ।

२ थिस्सलोनिकीको परिचय

पावल यहोवाको दिन आउनेबारे गलत सोचाइलाई सच्याउँछन्‌ अनि भाइबहिनीहरूलाई विश्‍वासमा अडिग रहिरहन प्रोत्साहन दिन्छन्‌।

१ तिमोथिको परिचय

पावलले मण्डलीमा लागू गर्नुपर्ने तौरतरिकाहरूबारे बताउन अनि झूटा शिक्षाहरू र पैसाको प्रेमबारे चेतावनी दिन पहिलो तिमोथिको पत्र लेखेका थिए।

२ तिमोथिको परिचय

पावल तिमोथिलाई आफूलाई सुम्पिइएको सेवाको काम राम्ररी पूरा गर्न प्रोत्साहन दिन्छन्‌।

तितसको परिचय

पावलले तितसलाई लेखेको पत्रमा क्रेटको मण्डलीमा भएका समस्याहरूको समाधानबारे बताइएको छ। साथै एल्डर हुनको लागि चाहिने योग्यताहरूबारे बुझ्न पनि यस पत्रले मदत गर्छ।

फिलेमोनको परिचय

यो छोटो तर सशक्‍त पत्रबाट नम्र हुने, दया देखाउने र क्षमा दिनेजस्ता व्यावहारिक पाठहरू सिक्न सक्छौँ।

हिब्रूको परिचय

ख्रिष्टियन उपासना मन्दिरहरू र जनावरको बलिदानभन्दा कता हो कता उत्तम कुरामा आधारित छ।

याकुबको परिचय

जीवन्त अनि प्रभावकारी उदाहरणहरू प्रयोग गरेर याकुबले महत्त्वपूर्ण ख्रिष्टियन सिद्धान्तहरूलाई जोड दिए।

१ पत्रुसको परिचय

पहिलो पत्रुसको किताबले हामीलाई सक्रिय हुन र आफ्नो सबै चिन्ता फिक्री यहोवामा बिसाउन प्रोत्साहन दिएको छ।

२ पत्रुसको परिचय

दोस्रो पत्रुसको किताबले वफादार भई नयाँ आकाश र नयाँ पृथ्वीको प्रतीक्षा गरिरहन हामीलाई प्रोत्साहन दिएको छ।

१ युहन्‍नाको परिचय

युहन्‍नाको पत्रले हामीलाई ख्रिष्ट-विरोधीहरूदेखि होसियार रहन अनि हामीले प्रेम गर्नुपर्ने कुरा र प्रेम गर्न नहुने कुरा चिन्‍न मदत गर्छ।

२ युहन्‍नाको परिचय

युहन्‍नाको दोस्रो पत्रले हामीलाई सत्यको बाटोमा हिँडिरहनु र छल गर्ने मानिसहरूदेखि टाढा रहनुको महत्त्वबारे बताएको छ।

३ युहन्‍नाको परिचय

युहन्‍नाको तेस्रो पत्रले अतिथि-सत्कारको महत्त्वबारे सिकाउँछ।

यहुदाको परिचय

यहुदाले ख्रिष्टियनहरूलाई झुक्क्याउने र भ्रष्ट पार्न खोज्ने मानिसहरूको चालबारे बताए र पर्दाफास गरे।

प्रकाशको परिचय

परमेश्‍वरको राज्यले मानिसजाति र पृथ्वीको लागि उहाँले राख्नुभएको उद्देश्‍य कसरी पूरा गर्छ, त्यसबारे प्रकाशको किताबमा भएका मन छुने दर्शनहरूले प्रकट गर्छ।

अन्य रोचक विषयहरू

पुस्तक र पुस्तिकाहरू

बाइबल—यसले दिने सन्देश के हो?

बाइबलको आधारभूत सन्देश के हो?