सीधै सामग्रीमा जाने

आर्थिक समस्या र ऋण—के बाइबलले मदत गर्न सक्छ?

आर्थिक समस्या र ऋण—के बाइबलले मदत गर्न सक्छ?

बाइबलको जवाफ

 सक्छ। बाइबलमा दिइएका यी चार सिद्धान्तहरूले तपाईंलाई आर्थिक समस्या र ऋणको सामना गर्न मदत गर्न सक्छ:

  1.  १.खर्च कसरी गर्ने भनेर योजना बनाउनुहोस्‌। “पूर्व-सोच र परिश्रमले अवश्‍य लाभ ल्याउँछ, हतार गर्ने मानिस निश्‍चय कङ्‌गाली हुन्छ।” (हितोपदेश २१:५) कुनै सामान सस्तोमा पायो भन्दैमा त्यो किन्‍न हतार नगर्नुहोस्‌। बजेट बनाउनुहोस्‌ र त्यसैअनुसार चल्नुहोस्‌।

  2.  २.विना कारण ऋण नलिनुहोस्‌। “ऋण लिनेचाहिं ऋण दिनेको नोकर हुन्छ।” (हितोपदेश २२:७, NRV) यदि तपाईंले ऋण लिनुभएको छ अनि समयमा पैसा तिर्न गाह्रो भइरहेको छ भने ऋण दिने व्यक्‍तिलाई आफ्नो अवस्था बुझाउनुहोस्‌ र ऋण चुक्‍ता गर्ने आफ्नो नयाँ योजनाबारे बताउनुहोस्‌। सुरुमा केही नसोची ऋण लिएर पछि समस्यामा परेकाहरूलाई बाइबलले यस्तो सल्लाह दिन्छ: “आफूलाई नम्र तुल्याएर झट्टै जा, र छिमेकीसँग खुरन्धार बिन्ती गर्‌! आँखामा निद्रा पर्न नदे,” (हितोपदेश ६:१-५, NRV) ऋण दिने मान्छेले तपाईंको बिन्ती सुरुमा सुनेनन्‌ भने पनि छाँटकाँट गरिदिन बिन्ती गरिरहनुहोस्‌।

  3.  ३.पैसालाई ज्यादै महत्त्व नदिनुहोस्‌। “कञ्जूस मानिस धनी हुन आतुरी गर्छ, आफूमाथि पनि अभाव आइलाग्छ भनी त्यसले सपनामा पनि चिताउँदैन।” (हितोपदेश २८:२२) ईर्ष्या र लोभले गर्दा कङ्‌गाल हुने मात्र होइन तर परमेश्‍वरसितको सम्बन्ध नै खतरामा पर्न सक्छ।

  4.  ४.सन्तुष्ट हुनुहोस्‌। “खान, लाउन र बस्न पाएपछि हामी त्यसैमा सन्तुष्ट हुनेछौं।” (१ तिमोथी ६:८) पैसाले आनन्द अनि सन्तुष्टि किन्‍न सक्दैन। संसारका सबैभन्दा आनन्दित मानिसहरूमध्ये कतिपयसँग धेरै पैसा छैन। परिवार अनि साथीभाइको माया र परमेश्‍वरसितको मित्रताको कारण तिनीहरू आनन्दित हुन सकेका छन्‌।—हितोपदेश १५:१७; १ पत्रुस ५:६, ७.