सीधै सामग्रीमा जाने

के परमेश्‍वर कुनै खास ठाउँमा बस्नुहुन्छ?

के परमेश्‍वर कुनै खास ठाउँमा बस्नुहुन्छ?

बाइबलको जवाफ

 हो, बस्नुहुन्छ। परमेश्‍वरको एउटा खास बासस्थान छ। त्यो हो, स्वर्ग। बाइबलमा लेखिएका यी कुराहरू विचार गर्नुहोस्‌:

 राजा सुलेमानले प्रार्थना गर्दा यसो भने: “तपाईंको वासस्थान स्वर्गबाट सुन्‍नुहोस्‌।”—१ राजा ८:४३, NRV.

 “स्वर्गमा बस्नुहुने बुबा”-लाई प्रार्थना गर्न येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई सिकाउनुभयो।—मत्ती ६:९.

 येशू पुनर्जीवित हुनुभएपछि उहाँ “परमेश्‍वरसामु देखा पर्नलाई स्वर्गमै पस्नुभयो।”—हिब्रू ९:२४.

 यी पदहरूले यहोवा परमेश्‍वर वास्तविक व्यक्‍ति हुनुहुन्छ र उहाँ जहाँतहीं नभई स्वर्गमा मात्रै बस्नुहुन्छ भनेर स्पष्ट पार्छ।